मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । तेह्रथुम, छथर गाउँपालिका-२ खैरेनी बस्ने ६५ वर्षीया बिष्णु कुमारी लिम्बु सोही गाउँपालिकास्थित सुगन्धघारी जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै बारा, सिम्रौनगढ नगरपालिका-६ सतुवाही बस्ने ४० वर्षीय किशोरी राम सोही ठाउँस्थित झाडीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता गोरखा, बारपाकसुलिकोट गाउँपालिका-६ रातोढुङ्गास्थित गोरेटो बाटोमा सोही गाउँपालिका-५ दुर्कुने बस्ने २० वर्षीय प्रकास वराम भन्ने कुल बहादुर वराम सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै दाङ, घोराही उपमहानगरपालिका-२ डाङडुङे टोलस्थित गोरेटो बाटोमा सोही उपमहानगरपालिका-१ ठाटीकोट बस्ने ४१ वर्षीया रिमा परियार आइतबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी झापा, हल्दिवारी गाउँपालिका-१ बस्ने ७० वर्षीय हेचना मुर्म सोही गाउँपालिका-१ सृजनाचोकस्थित अदुवाखोलाको छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यता कास्की, पोखरा महानगरपालिका-१० रामघाटस्थित सेती नदीको किनारमा सोही महानगरपालिका-३ नदीपुर बस्ने गोरखा पालुङ्टार नगरपालिका-८ घर भएका ७० वर्षीय भक्त राम परियार आइतबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-१ रोहिणी डाँडास्थित जंगलमा सुनवल नगरपालिका-११ मिश्रौली बस्ने २९ वर्षीय खेम नारायण चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । गत बिहीबार घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा उनको शव फेला परेको हो ।

यसैगरी धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-१० चौहर्वा बस्ने ५२ वर्षीय काशीनाथ यादव आफ्नै घर नजिक पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार बेलुकी घरबाट निस्किएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो ।

त्यसैगरी नुवाकोट, बिदुर नगरपालिका-४ फेदीगाउँ डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-१२ सांकोस घर भएकी ३० वर्षीया मिना राई आफ्नै कोठाभित्र सोमबार मृत अवस्थामा फेला परेकी छन् । यता बाँके, नेपालगञ्ज उपमहानगरपालिका-३ त्रिवेणी मोडस्थित सडकको गल्लीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार