नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असोज ।

मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु गएको छ । चितवन कालिका नगरपालिका वडा नं.८ गैरीबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको हो ।
दसैंको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै लागिएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि उनलाई भरतपुर तर्फ लगिएको थियो ।
तर, चिकित्सकले धनबहादुरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

