चेल्सी विजयी हुँदा युभेन्ट्स पराजित, पीएसजी, रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेले

यूईएफए च्याम्पियन्स लिग फुटबल इंग्लिस क्लब चेल्सी विजयी भएको छ । मंगलबार राति भएको समूह चरण अन्तर्गतको खेलमा चेल्सीले एसी मिलानलाई २-० ले पराजित गरेको हो ।

चेल्सी



चेल्सीलाई जित दिलाउन जोर्गिन्हो र पिएरे एमरिक अबमेयाङले समान १-१ गोल गरे । सान सिरोमा भएको खेलमा खेलको १८ औं मिनेटमा एसी मिलान फिकायो टोमारीले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । तर खेलको २१ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ३४ औं मिनेटमा अबमेयाङले गोल गर्दै चेल्सीकोअग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० मा सकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीबाट गोल भएन र खेल चेल्सीले आफ्नो पक्षमा पार्यो । जितसँगै चेल्सी ४ खेलमा ७ अंक जोड्दै समूह ‘ई’ को शीर्ष स्थानमा उक्लिएको छ भने ४ अंक जोडेको एसी मिलान तेस्रो स्थानमा रहेको छ ।

पीएसजी

यस्तै युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत नै समूह ‘एच’ को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।पिएसजी पोर्चुगिज क्लब बेन्फिकासँग १-१ गोलको बराबरीमा रोकिएको हो । मंगलबार राति भएको समूह चरणको खेलमा खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको खेलको ६२ औं मिनेटमा बेन्फिकाका जोआ मारियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि थप समयमा दुबै टोलीबाट गोल भएन र खेल १-१ को बराबरीमा सकियो । बराबरीसँगै पीएसजीले अन्तिम १६ मा पुग्ने मौका गुमाएको छ । पीएसजी ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहँदा ८ अंक जोडेको बेन्फिका दोस्रो स्थानमा रहेको छ । एम्बाप्पेकाे गोल गरेसँगै पिएसजीका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनले एडिन्सन काभानीको नाममा रहेको ३० गोलको कीर्तिमान भंग गर्दै ३१ गोल पुरा गरेका हुन् ।

माकाबी हाइफा

यसैगरी यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’ कै अर्को खेलमा फुटबलमा इटालियन क्लब युभेन्ट्स इजरायली क्लब माकाबी हाइफा मक्काबी हाइफाले २-० ले स्तब्ध हुन पुगेको छ । हाइफाको जितमा ओमेर अट्जिलीले २ गोल गरे । खेलको सातौं मिनेटमा ओमेरले गोल गर्दै हाइफालाई अग्रता दिलाएका थिए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ४२ औं मिनेटमाओमेरले गर्दै हाइफालाई २-० को सहज जित दिलाए । हाइफा ४ खेलमा ३ अंक जोड्दै तालिकाको पुछारमा छ भने ४ खेलमा ३ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।

रियल मड्रिड

त्यस्तै यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत नै समूह ‘एफ’ को खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । मंगलबार राति भएको समूह चरण अन्तर्गतको खेलमा रियल मड्रिड शाख्तर डोनेस्कसँग १-१ गोलको बराबरी रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ४६ औं मिनेटमा ओलेक्सान्डर जुब्कोभले गोल गर्दै शाख्तरलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको इन्जुरी समयमा रियल मड्रिडका एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई हारबाट जोगाए । बराबरीको बाबजुत रियल ४ खेलमा १० अंक जोड्दै अन्तिम १६ मा पुगेको छ भने ५ अंक जोडेको शाख्तर तेस्रो स्थानमा रहेको छ ।

म्यानचेस्टर सिटी

त्यसैगरी यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत नै समूह ‘जी’ को खेलमा १० खेलाडीमा समेटिएको म्यानचेस्टर सिटी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ । पेनाल्टीको गोल गर्न नसक्दा म्यानचेस्टर सिटी कोपनहेगनसँग गोलरहित बराबरी खेल्न वाध्य भयो । सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो।

सम्बन्धित समाचार