नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।
नेपालमा आज (बुधबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० रहेकोमा मंगलबार रु ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० रहेकामा मंगलबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार २०० कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ६७७ डलरमा कारोबार भइरहेको छ।