स्रोत नखुलेको नगद सहित पक्राउ

रौतहटबाट स्रोत नखुलेको नगद सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ ट्रान्समिटर चोकबाट स्रोत नखुलेको नगद ९ लाख ६४ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ हुनेमा भारत सितामढी बैरगिनिया-६ बस्ने ३६ वर्षीय राज कुमार भगत रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० भी ०५३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक भगतलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार