नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असोज ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । सर्लाही, बलरा नगरपालिका-८ बलुवाभारस्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै झापा, मेचीनगर नगरपालिका-१४ स्थित हडिया खोलामा सोही नगरपालिका-१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङ, कटहरी गाउँपालिका-३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माईती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै इलाम, चुलाचुली गाउँपालिका-१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया की बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी दाङ, गडवा गाउँपालिका-२ स्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी १३ वर्षिया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता चितवन, भरतपुर महानरपालिका-२६ हिरापुरस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ । यस्तै स्याङ्जा, गल्याङ नगरपालिका-११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
यता रुपन्देही, तिलोत्तमा नगरपालिका-१७ मुडियारीस्थित पानीको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बझाङ, जयपृथ्वी नगरपालिका-५ डिल बस्ने ५० वर्षीय लाल बहादुर बुढा थापा आफ्नै घरबाट करिब २ किलो मिटर टाढा दुधकाट्ने जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
वस्तु चराउन भनि घरबाट उक्त जंगलमा गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सोही जगंलमा रुख मुनि बसिरहेको अवस्थामा सल्लाको रुखमा चट्याङ पर्दा उनको मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

