स्रोत नखुलेको रकम सहित पक्राउ

कपिलवस्तुबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ हुनेमा प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय सुशील बहादुर पुन मगर रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक सुशीललाई पक्राउ गरेको हो ।



उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

सम्बन्धित समाचार