नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो ।
कात्तिक १० गते बिहीबार ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । कात्तिक १० गते बिहीबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको हो ।
यस वर्ष यमपञ्चक कात्तिक ५ गते बाट सुरु हुनेछ । कार्तिक ५ गते धन त्रयोदशी व्रत (धन्तेरस)/यमपञ्चक आरम्भ/शनि प्रदोष व्रत, कार्तिक ६ गते काग तिहार ७ गते लक्ष्मी पूजा, कुकुर तिहार, ८ गते गाई तिहार र गोरु पूजा, ९ गते गोवर्द्धन पूजा र १० गते भाइ टीका रहेको छ ।

