नवकान्तिपुर संवाददाता
काठमाडौं, १ कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-२ ग्वाल्दहस्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेको करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै संखुवासभा, सभापोखरी गाउँपालिका-२ हरेलो बस्ने ६८ वर्षीय खड्ग बहादुर तामाङ आफ्नै घर पछाडी सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, धरान उपमहानगरपालिका-८ बरगाछीस्थित तिनढ्वाङ्गे खहरे खोलामा सोही ठाउँ बस्ने २६ वर्षीय रुपेश खातुन आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै नुवाकोट, तारकेश्वर गाउँपालिका-५ कात्तिकेस्थित ठाडो खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी सल्यान, कालिमाटी गाउँपालिका-१ चौरस्थित शारदा नदीबीच टापुमा हाल नाम, थर, वतन नखुलेकी महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

