कुन देशमा कति बेला छ भाइटीकाको शुभ साइत ? (सूचीसहित)

नेपालमा बिहान ११ः३७ बजे उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको हो ।

कात्तिक १० गते बिहीबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ । कात्तिक १० गते बिहीबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको हो ।



यस वर्ष यमपञ्चक कात्तिक ५ गते बाट सुरु हुनेछ । कार्तिक ५ गते धन त्रयोदशी व्रत (धन्तेरस)/यमपञ्चक आरम्भ/शनि प्रदोष व्रत, कार्तिक ६ गते काग तिहार ७ गते लक्ष्मी पूजा, कुकुर तिहार, ८ गते गाई तिहार र गोरु पूजा, ९ गते गोवर्द्धन पूजा र १० गते भाइ टीका रहेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीलेले विज्ञप्ति जारी गर्दै विभिन्न देशमा भाइटीकाको साइत सार्वजनिक गरेका छन् ।

सूची :

सूची :

सम्बन्धित समाचार