आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको सम्भावना कति ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलह र स्वतन्त्र उम्मेदवाररु चुनावी अभियानमा तीव्रता दिइरहेका छन् । देशमा चुनावी सरगर्मी बढेसँगै चियापसलदेखि विभिन्न टोलमा चुनावको चर्चा चलिरहेको छ । निर्वाचनको माहोल अब निकै तातिसकेको छ । प्रमुख दलहरू तथा स्वत्रन्त्र उम्मेदवारहरू अहिले चुनावी सभा, घरदैलो कार्यक्रममा व्यस्त छन् ।

यसैबीचमा आसन्न निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरुले आफ्नो दबदबा प्रस्तुत गर्न सक्ने अनुमान लगाउन सकिन्छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले देशका ठूला मानिएका राजनीतिक दलका उम्मेदवारहरुलाई सहजै पराजित गरेसँगै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि स्वन्त्रन्त्र उम्मेदवारहरू राजनीतिक दलको लागि टाउको दुखाईको विषय बनेका छन् ।



आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्रसहित ५८ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार १६५ सीटको लागि हुने प्रतिनिधि सभा निर्वाचनको लागि २ हजार ५२६ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये २ हजार २९१ जना पुरुष र २३५ जना महिला रहेका छन् ।

स्वत्रन्त्रबाट कतिले दिए उम्मेदवारी ?
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ९४३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा ८५ जना महिला र ८५८ जना पुरुष रहेका छन् । ठुला राजनीतिक दलका नेताहरुले जनताको माग सम्बोधन गर्न नसक्दा संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् । चुनावी मैदानमा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन् । देशभरिबाट प्रतिनिधिसभाका लागि कूल उम्मेदवारको एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

पाका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार टाउको दुखाईको विषय
स्थानीय तहको निर्वाचनमा स्वन्त्रन्त्र उम्मेदवार राजनीतिक दलको लागि टाउको दुखाईको विषय बनेकोमा आसन्न निर्वाचनमा पनि ठूला भनिएका राजनीतिक दलहरूले युवाका माग सम्बोधन गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखा परेका छन् ।

देशका ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चालगायत दलहरूले पाका नेताहरूलाई प्राथमिकता दिएका छन् । यस्तोमा पल्ला भारी पार्न विभिन्न राजनीतिक दलहरु अर्को कुन दलसँग समन्वय गरेर जाने भन्ने विषयमा गम्भीर छलफल गरिरहेका छन् ।

बालेन र हर्कको आगमनसँगै जनताहरु स्वतन्त्रप्रति बढी आकर्षित
नेताहरू दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसक्ता लोकतन्त्र नै धरापमा पर्ने सम्भावना बढेर गएको छ । र, पार्टीहरू जनताप्रति जवाफदेही बन्न नसक्ता स्वतन्त्रहरूले राजनीतिमा स्थान पाउँदै गएका छन् ।

बालेन र हर्कहरूले गरेको साहसिक कामलाई नजिकबाट नियालिरहेका जनताहरू आगामी चुनावमा पनि स्वतन्त्रप्रति बढी आकर्षित नहोलान भन्न सकिन्न । जनतालाई त विकास चाहिएको छ, समृद्धि चाहिएको छ, सामाजिक रूपान्तरण चाहिएको छ । यदि जनताको चाहनालाई स्वतन्त्रहरूले नै सम्बोधन गर्न सक्षम हुन्छन् भने दल नै किन चाहियो त रु ‘दलीय व्यवस्थामा स्वतन्त्रहरू दलका विकल्प होइनन्’ भन्ने कुरा अब भाषणमा मात्र सीमित बनिसक्यो । स्वतन्त्रहरूले धमाधम आफूलाई प्रमाणित गर्दैछन् । अब प्रजातन्त्र ९वा लोकतन्त्र० का लागि यति वर्ष जेलमा बसेको भनेर सधैं सत्ताको शिखरमा बसेर रजगज गर्ने तर देश र जनताका लागि केही नगर्नेहरूका लागि अब जनताले राम राम भन्न सक्नेछन् तर काँध हाल्ने छैनन् ।

राजनीतिक दलका ठूला नेता पनि स्वतन्त्रबाट चुनाव लड्दै
आसन्न निर्वाचनमा राजनीतिक दलका ठूला नेता पनि स्वतन्त्रबाट चुनाव लड्दै छ । नेकपा एमालेका नेता घनश्याम भूसाल, प्रभू साह, गंगा चौधरी लगायतका नेताहरु पनि स्वन्तन्त्रबाट चुनावी मैदानमा उत्रदै छन् ।

कुन दलबाट कतिले दिए उम्मेदवारी ?
आगामी निर्वाचनमा राजनीतिक दलहरुमध्ये सबैभन्दा बढी स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार उठाएको छ । राप्रपाले १६५ मध्ये १४५ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । त्यस्तै एमालेले १४४ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले १३३ स्थानमा नेपाल मजदुर किसान पार्टीले १०७, नेपाली कांग्रेसले ९२, मंगोल नेशनल अर्गनाइजेसनले ८८, जनता समाजवादी पार्टी, नेपालले ८१, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले ६५, हाम्रो नेपाल पार्टीले ६४, राष्ट्रिय जनमुक्ति पार्टीले ५६, जनमत पार्टीले ५५ र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ५२ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र( र नेपाल समाजवादी पार्टीले ४७, नेपाली कांग्रेस (बी.पी)ले ४०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ३९, नागरिक उन्मुक्ति पार्टीले ३४, जन समाजवादी पार्टी नेपालले ३४, नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले २६, नेकपा (माक्र्सवादी लेनिनवादी)ले २५ र नेकपा (एकीकृत समाजवादी)ले २५ स्थानमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

यस्तै मौलिक जरोकिलो पार्टीले २३, नेश्नलिष्ट पिपल्स पार्टीले २०, नेपालका लागि नेपाली पार्टीले २०, आमूल परिवर्तन मसिहा पार्टी नेपालले १६, जनता प्रगतिशिल पार्टी, नेपालले १५, एकीकृत शक्ति नेपालले १३, नेपाल लोकतान्त्रिक पार्टीले १२, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीले ११, नेपाल जनता पार्टीले १०, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ९, नेपाल संघीय समाजवादी पार्टीले ९, नेपाल सद्भावना पार्टीले ८, बहुजन शक्ति पार्टीले ७ र विवेकशील साझा पार्टीले ७ स्थानमा उम्मेदवार उठाएका छन् ।

यस्तोमा आसन्न निर्वाचन विगतका निर्वाचनहरूभन्दा फरक र रोमाञ्चकारी हुने निश्चित जस्तै छ । राजनीतिक दाउपेच, नेताहरूको विलासी जीवन र स्वार्थबाट दिक्क भएका मतदाताहरू स्वतन्त्र उम्मेद्वारतिर आकर्षित हुने सम्भावना बढी छ । दलीय दबाब नभएका अवस्थामा एउटा सिर्जनशील युवाले धेरै काम गर्न सक्नेरहेछ भन्ने सोचलाई आत्मसात् गरेका मतदाताहरू प्रदेशसभा र प्रतिनिधिसभामा पनि बालेन र हर्क जस्तै उम्मेदवारको खोजीमा हुनसक्छन् ।

सम्बन्धित समाचार