नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।
भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा गुजरातले चेन्नेइ सुपर किंग्सलाई ३५ रनले पराजि गरेको हो ।
जारी सिजनमा गुजरातको यो पाँचौं जित हो भने चेन्नईको छैटौं हार । जितसँगै गुजरातको प्लेअफ सम्भावना कायमै रहेको छ । भारतको नरेन्द्र मोदी स्टेडियम अहमेदावादमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेटको गुमाउँदै २३१ रन बनाएको थियो ।
गुजरातको लागि ओपनरद्वय शुभामन गिल र साई सुदर्शनले शतकीय पार खेले । गिलले ५५ बलमा ९ चौका र ६ छक्कासहित १०४ रन बनाए भने सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्कासहित १०३ रन जोडे । यी दुईले पहिलो विकेटको लागि २ सय १० रनको साझेदारी गरेका थिए । त्यस्तै डेविड मिलरले १६ रन जोड्दा शाहरुख खानले २ रन बनाए । चेन्नेइका लागि तुशार देशपाण्डेले २ विकेट लिए ।
२३२ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको चेन्नेइले निर्धारित २० ओभरमा ८ विकेटको गुमउँदै १९६ रन मात्र बनाउन सक्यो । चेन्नेइका लागि ड्यारील मिचेलले ६३ र मोइन अलिले ५६,रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै महेन्द्र सिंह धोनीले २६ रनमा अविजित रहँदा शिवम दुबेले २१ र र रविन्द्र जडेजाले १८ रन बनाए ।
गुजरातका लागि मोहित शर्माले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिँदा उमेश यादव र सन्दीप वारियरको भागमा समान १-१ विकेट रह्यो । जितसँगै गुजरात १२ ५ जित र ७ हारसहित १० अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने समान खेलमा ६ जित र ६ हारसहित १२ अंक जोडेको चेन्नई चौथों स्थानमा रहेको छ ।