मृत अवस्थामा १० जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । रामेछाप, खाँडादेवी गाउँपालिका-३ डप्कास्थित सुनकोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित राप्ती नदीको बगरमा नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यता काठमाडौं, कीर्तिपुर नगरपालिका-६ चोभार ईन्डियन मोर्डन स्कुलस्थित बागमती खोलामा रामेछाप सोनापति गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका-४ धोविघाट बस्ने २२ वर्षीय छिर बहादुर सेञ्चौरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै भक्तपुर, भक्तपुर नगरपालिका-१० भत्केको पाटीस्थित डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका-६ नगरकोट घर भएकी ३२ वर्षीया सन्तोषी तामाङ (नेपाली) आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी रुपन्देही, मायादेबी गाउँपालिका-१ धमौली बस्ने ३० वर्षीय कृष्ण चन्द्र बर्मा आफ्नै घरदेखि करिब ४ सय मिटर टाढा बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रुपन्देही, मर्चवारी गाउँपालिका-१ कोटिहवा बस्ने सोनु बिश्वकर्माकी छोरी ६ वर्षीया प्रिती बिश्वकर्मा आफ्नै घरबाट करिब ६ सय मिटर टाढा पोखरीको छेउमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै कैलाली, टिकापुर नगरपालिका-६ बेलुवा बोझीस्थित पानीको कुलोमा सोही ठाउँ बस्ने ४५ वर्षीय हरिगंगा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यता बर्दिया, बाँसगढी नगरपालिका-६ अडघरुवास्थित बबई नहरको साईड नहरको कलबड मुनी पानीमा बाँसगढी नगरपालिका-६ दमौली बस्ने ५५ वर्षीय कृष्ण बहादुर बिक मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै लमजुङ, मध्यनेपाल नगरपालिका-५ मादी नदीमा तनहुँ रिसिङ गाउँपालिका-४ मधुबन कालीतिर घर भई कास्की रुपा गाउँपालिका-१ ससुरालीमा बस्ने ४२ वर्षीय आईत बहादुर बोटे मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ स्थित धनुष सागर पोखरीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार