जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-३ कर्माहिया बस्ने ६० वर्षीय विशेश्वर मुखिया रहेका छन् । मुखियाले झारफुक गर्ने क्रममा सोमबार ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा हुनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीलेउनलाई पक्राउ गरेको हो ।



पछिल्लो समयमा नेपालमा जबरजस्ती करणीको घटना बढ्दै गएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार