नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।
लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले अजासियोलाई ३-० ले पराजित गरेको हो ।
अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे २ गोल गर्दा लियोनल मेस्सी १ गोल गरे । खेलको २४ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा पीएसजीले थप २ गोल गर्यो ।
खेलको ७८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-० को फराकिलो जित दिलाए । जितसँगै पीएसजील ३२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ८ अंक जोडेको अजासियो पुछारदेखि तेस्रो स्थानमा रहेको छ ।