नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ कार्तिक ।

गुल्मीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी मुसिकोट नगरपालिका-७ बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाल रहेका छन् ।
कुमालले आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेका हुन् । उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुर्य कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना पश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

