मृत अवस्थामा ४ जना फेला

देश विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रुपन्देही, बुटवल उपमहानगरपालिका-५ हाटबजार स्थित कपडा पसल गरी बस्ने ३८ वर्षीया मनिषा जैसवाल सोही उपमहानगपालिका-९ ईट्टाभट्टीस्थित होटल वजन २४ मा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

उक्त होटलको कोठा नम्बर ३०३ मा शुक्रबार २ जना बसेकोमा लामो समयसम्म उक्त कोठा बन्द रहेको र सम्पर्कमा समेत नआएको भनी होटल सञ्चालकले खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कोठा खोली हेर्दा जैसवाललाई मृत अवस्थामा फेला पारेको हो । साथै उनीसँगै बसेको फरार हाल नाम, थर, वतन नखुलेका पुरुषको प्रहरीले खोजी गरिरहेको छ ।



त्यस्तै सोलुखम्बु, खुम्बुपासाङ ल्हामु गाउँपालिका-१ पैया बस्ने ४० वर्षीय दावा शेर्पा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, मेचीनगर नगरपालिका-१२ चारआलिस्थित जंगलमा हाल नाम, थर वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

यस्तै कैलाली, टिकापुर नगरपालिका-१ एकतानगर बस्ने ६५ वर्षीय रमेश टमटा आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार