मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी भूभागहरुमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।



त्यस्तै आज राति प्रदेश १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित समाचार