फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

उत्तरी फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । मंगलबार स्थानीय समयानुसार राति २२ः५९ बजे सो भूकम्प गएको जनाइएको छ ।

भूकम्पको केन्द्रबिन्दु लुजोनको मुख्य टापुमा रहेको अब्रा प्रान्तको टिनेग सहरबाट करिब सात किलोमिटर उत्तरपश्चिममा २८ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । भूकम्प विज्ञान संस्थानले पराकम्पन आउने तर क्षति नपुग्ने बताएको छ । सुनामीको चेतावनी अहिलेसम्म जारी गरिएको छैन ।



भूकम्पको धक्का इलोकोस सुर प्रान्त र बागुइओ सहरलगायत आसपासका क्षेत्रमा पनि महसुस भएको सो संस्थानले जनाएको छ । फिलिपिन्समा प्रशान्त महासागरको ‘‘रिंग अफ फायर’’ सँगको स्थानको कारणले बारम्बार भूकम्पीय गतिविधि हुने गरेको पाइन्छ ।

सम्बन्धित समाचार