मृत अवस्थामा ७ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कञ्चनपुर, बेदकोट नगरपालिका-३ सामादैजी बस्ने ४३ वर्षीय राजेन्द्र राना आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै ताप्लेजुङ, पाथिभरा याङबरक गाउँपालिका-२ श्यामचोक पखेडा बस्ने ४७ वर्षीया निर्मला ईजम लिम्बु आफ्नै घरको आँगनमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यता काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुस्थित सडकको पेटिमा हाल वतन नखुलेकी ६५ वर्षीया मिना जिसी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस्तै धादिङ, थाक्रे गाउँपालिका-४ धेरेनीस्थित आग्रा खोलामा सोही गाउँपालिका-८ हाप्सेचौर बस्ने ५५ वर्षीया कान्छि परियार बुधबार मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी झापा, अर्जुन्धारा नगरपालिका-११ फाल्गुनन्द टोल बस्ने ४५ वर्षीय बेनु प्रसाद मैनाली आफ्नै घरबाट करिब ५ सय मिटर टाढा पानीको खाल्डोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता रौतहट, राजपुर नगरपालिका-१ पिपरा भगवानपुरस्थित खाल्डोको पानीमा हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काभ्रे, भुम्लु गाउँपालिका-९ ज्याम्दिस्थित ईन्द्रावती खोलामा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार