कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु, चार जना घाइते

कालिकोटमा बम विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शनिबार बिहान करिब ८ बजे कालिकोट तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट भएको हो ।

बम विष्फोटमा परी स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । त्यस्तै घटनामा परी घाइते हुनेहरुमा साेही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा रहेका छन् ।



घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लागिएको शर्माले बताए । बम कसले र किन राखेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार