जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँची, भुमिकास्थान नगरपालिका-६ बराहचौर बस्ने ५९ वर्षीय नुम बहादुर पुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



ती बालिकालाई पुनले सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खिल्जिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार