नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कार्तिक ।

बझाङको लेखगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) बिहान ९ बजेर २६ मिनेट जाँदा बझाङ जिल्लाको लेखगाउँ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको लेखगाउँ आसपास केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का सुदूरपश्चिम नेपालका बझाङ लगायत विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । क्षतिबारे विवरण प्राप्त भइसकेको छैन ।

