नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, शंखरापुर नगरपालिका-२ पटाप खोलास्थित भिरमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ झाक्रिगाँउ घर भएका ७८ वर्षीय नर बहादुर तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै कैलाली, टिकापुर नगरपालिका-६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी आफ्नै घर नजिक डंग्रनिया कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यता चितवन, माडी नगरपालिका-४ धुसेरी बस्ने ३० वर्षीय जिवन नेपाली आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै तनहुँ, ब्यास नगरपालिका-१२ कमलबारीस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५६ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ बर्दघाट बजारस्थित मन्दिरको पेटीमा सोही ठाउँ बस्ने ४० वर्षीय ओमनाथ चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

