रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु

२ जना घाइते

रुपन्देहीमा कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित ३ जनको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सोमबार भैरहवाबाट परासी तर्फ जाँदै गरेको नम्बर नखुलेको कारले रुपन्देही, ओमसतिया गाउँपालिका -४ पननीमा बिहान ठक्कर दिँदा ३५ दिने शिशु सहित ३ जनाको मृत्यु भएको हो ।

दुर्घटनमा परी मृत्यु हुनेमा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको प्रहरीले जनाएको छ । छठ घाट जाने क्रममा स्थानीयलाई कारले ठक्कर दिएको हो । त्यस्तै कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही स्थानकी २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।



घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार