नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । पाँचथर, फिदिम नगरपालिका-६ सिवा घर भई हाल हिलिहाङ गाउँपालिका-६ गुरासे नागि डेरा गरी बस्ने ४५ वर्षीय टिका राई आफ्नै डेराको भान्सा कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी पाँचथर, याङवरक गाउँपालिका-३ ओयम बस्ने २८ वर्षीय सन्तोष राई सोही ठाउँस्थित खानक्लेटार जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । गत आइतबार घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । घटनास्थलबाट प्रहरीले १ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।
त्यस्तै खोटाङ, केपिलासगढी गाउँपालिका-३ बाँसपानि बस्ने ८५ वर्षीया फुलसरी राई आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यता दाङ, तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडीस्थित बाटोको छेउमा सोही उपमहानगरपालिका-१ भम्के बस्ने ७० वर्षीय तुल्सीराम भण्डारी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं, काठमाडौं महानगरपालिका-२४ बसन्तपुरमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी भक्तपुर, मध्यपुरठिमी नगरपालिका-४ नयाँठिमी जनआदर्श क्याम्पस नजिक डेरा गरी बस्ने दोलखा जिरी नगरपालिका-३ घर भएकी ६० वर्षीया तारा भुजेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता मोरङ, बेलबारी नगरपालिका-५ माथिल्लो कसेनी टोल बस्ने ४४ वर्षीय कृपराज मगर सोही ठाउँस्थित नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै झापा, झापा गाउँपालिका-३ घाँटीस्थित सानो कन्काई नहरमा सोही ठाउँ बस्ने ६१ वर्षीय अम्बर बहादुर राई मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

