जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ, शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।



सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार