नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक ।

कपिलवस्तुबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५२ हजार ७८ सय नगद सहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ हुनेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-१ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाल रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

