नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ कार्तिक ।
तिहारअघि कायम रहेको मूल्य भन्दा यो साताको शुक्रबार सुनको मूल्य घटेको छ । तिहारअघि कायम रहेको मूल्य भन्दा यो साताको शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । यसअघि तिहारअघि छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९3 हजार ५ ०० रुपैयाँ थियो ।
त्यसैगरी यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । हिजो (शुक्रबार) एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी तिहारअघिको अन्तिम कारोबार दिन एक हजार ११५ रुपैयाँ थियो ।