नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१५ सानोभर्याङस्थित ग्लोबल रेडिमेड उद्योगमा काम गर्ने महोत्तरी बालुवा नगरपालिका-८ घर भएका ५२ वर्षीय मुस्लिम अन्सारी सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका हुन् ।
त्यस्तै सिन्धुली, तिनपाटन गाउँपालिका-२ साखामाडी बस्ने ६० वर्षीय एकादेव श्रेष्ठ आफ्नै घरदेखि करिब १ सय मिटर टाढा चदा खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, चुरे गाउँपालिका-६ तल्लो ढुंगेनीमा डोटी जोरायल गाउँपालिका-२ मेल्खोला बस्ने ५५ वर्षीय रस्स बिक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै काठमाडौं महानगरपालिका-४ चण्डोल स्थायी घर भएका धुम्बाराहीस्थित ग्रेण्ड अपार्टमेन्टमा डेरा गरी बस्ने ५१ वर्षीय ज्ञान बहादुर तामाङ लामा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, शंकरापुर नगरपालिका-७ स्थाई घर भई काठमाडौं महानगरपालिका-१६ कालधारास्थित डेरा गरी बस्ने ५१ वर्षीय निरज बज्रचार्य आफ्नै कोठमा बिहीबार साँझ मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी भोजपुर, अरुण गाउँपालिका-७ सिक्रेटार नसुवा दोभानस्थित अरुण नदीको पश्चिम भंगालोको किनारमा हाल नाम,थर, वतन नखुलेकी महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै कास्की, पोखरा महानगरपालिका-१ कस्केरी शान्ति टोल नजिकै सेती खोलामा सोही महानगरपालिका-१६ बस्ने ७४ वर्षीय दुर्गा बहादुर छन्त्याल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यता नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-१५ माथिल्लो भिउरान बस्ने सोम बहादुर घर्तीको घरमा रुपन्देही सिक्टन गाउँपालिका-६ घर भएका ४४ वर्षीय यम बहादुर ढुंगाना क्षेत्री बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

