नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काभ्रे, बेथानचोक गाउँपालिका-३ कुरुण्डेस्थित लड्कु खोलामा रसुवा धोबी गाउँपालिका बस्ने २८ वर्षीय सुब्बा तामाङ शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-२६ बिमाखु चोक सुनाकोठी डेरा गरी बस्ने धादिङ काङकोस गाउँपालिका-९ घर भएका ५७ वर्षीय राम बहादुर गुरुङ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता मकवानपुर, भिमफेदी गाउँपालिका-७ भण्डारखोप बस्ने ४० वर्षीय राज कुमार ठकुरी सोही ठाउँस्थित खहरे खोलाको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै रुपन्देही, सियारी गाउँपालिका-६ सर्जुगंजस्थित खाली घरमा सोही गाउँपालिका-७ बर्दहवा बस्ने ३६ वर्षीय अर्जुन थापा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

