ताप्लेजुङको नेपाल-चीन सीमा केन्द्रबिन्दु भएर भूकम्प

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति १० बजे १३ मिनेट जाँदा ताप्लेजुङ जिल्लाको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङ जिल्लाको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा केन्द्रबिन्दु ​भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको जानकरी दिएको छ । भूकम्पको धक्का भूकम्पको धक्का पूर्वी नेपालको विभिन्न जिल्लाहरुमा पनि महसुस भएको छ ।



यो गोरखा भूकम्पको परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

सम्बन्धित समाचार