मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । बर्दिया, ठाकुरबाबा नगरपालिका-९ हात्तिसारस्थित अन्जली डल्फिन रिसोर्ट प्रालि संचालन गर्दै आइरहेको फ्रान्सेली नागरिक ६० वर्षीय गथिर रक्स आफ्नै रिसोर्ट भित्रको सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै काभ्रे, पाचँखाल नगरपालिका-९ पहरी टोल बस्ने ७० वर्षीय राम बहादुर थापा मगर र उनकी श्रीमती ५९ वर्षीया गिता थापा मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता मकवानपुर, भिमफेदी गाउँपालिका-२ चुनियास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका पुरूषको शव आइतबार फेला परेको छ ।



यस्तै कैलाली, गौरीगंगा नगरपालिका-४ खुर्खुरेया सुपारी आम बस्ने ४१ वर्षीय हर्क साउद आफ्नै काकीको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-२ हाटबजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता सप्तरी, राजबिराज नगरपालिका-६ बस्ने ३५ वर्षीय प्रताप राई छिमेकीको टवाइलेटको माथि ढलानमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं, महानगरपालिका-८ बनकाली पार्कस्थित पार्किङ गरी राखेको यूपी ६५ एफटी ००३० नम्बरको भारतीय गाडीभित्र भारत घर भई काठमाडौं बस्ने ५० वर्षीय मनोज सिंह गाडीमा सुतिरहेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-८ सिताराम चोक नजिक धानबारीमा सोही ठाउँस्थित असोक चोक बस्ने ७० वर्षीय धन बहादुर परियार आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार