प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा जिप दुर्घटना भएको हो ।

पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको लु१ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिए ।



दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिएका छन् । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए । जिप दुर्घटनाको कारण खुलेको छैन भने जिपका चालक फरार छन् । जिपमा १७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार