नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।
नेपालमा आज (बुधबार) सुनको मूल्य १४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० रहेकोमा मंगलबार रु ९४ हजारमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० रहेकामा मंगलबार प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने मंगलबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै एक हजार २९५ मा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।