मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-८ भैसहियास्थित खेतको कुलोमा सोही नगरपालिका-१० महिलावार बस्ने ३५ वर्षीय उज्जेन कोहार शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै दाङ, लमही नगरपालिका-२ रनियापुरस्थित राप्ती नदीको बिच भागमा गढवा गाउँपालिका-४ पर्सा बस्ने ७० वर्षीय कुल प्रसाद भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० राप्तीखोला छेउको फोहोरमा करिब ९ महिनाको सालनाल सहित शिशुको शव शुक्रबार फेला परेको छ ।



यस्तै कैलाली, टिकापुर नगरपालिका-६ सत्ती कर्णाली सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार