नेपाल टस जितेर बलिङ गर्दै

नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सुरुआतमा बलिङ गरेको छ । आज (सोमबार) कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नेपाल आज युएईविरुद्ध विजयी सुरुवातको लक्ष्यमा रहेको छ भने युएई पनि नेपाललाई उसकै घरेलु मैदान हराउने योजनामा रहेको छ । त्यस्तै नेपालबाट विकेट किपर ब्याट्सम्यान अर्जुन साउद र हरिशंकर साहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।



हेड टु हेडमा अहिसेसम्म यी दुई टिमबिच कुल ६ खेल हुँदा युएईले ४ खेलमा जित निकाल्दा नेपालले २ खेलमा जित हासिल गरेको छ । नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ । आज पहिलो खेल खेलेको नेपालले दोस्रो एकदिवसीय कार्तिक ३० मा र तेस्रो एकदिवसीय मंसिर २ मा खेल्नेछ । अर्जुनले टी-२० अन्तर्राष्ट्रियमा भने यसअघि नै डेब्यु गरेका थिए भने हरिशंकरको भने यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यो समाचार तयार पार्दा सम्म युएईले १५ ओभर २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । नेपालको लागि २ विकेट गुलशन झाले लिएका छन् ।

सम्बन्धित समाचार