विश्व मधुमेह दिवसको अवसरमा केडिसी हस्पिटलबाट निःशुल्क मधुमेह परीक्षण

 

विश्व मधुमेह दिवसको अवसरमा केडिसी हस्पिटलले पनि फ्रि क्याम्प सञ्चालन गरेको छ । हरेक १४ नोभेम्बरका दिन मनाइने विश्व मधुमेह दिवसको अवसर पारेर केडिसी हस्पिटलले बिरामीहरुलाई निःशुल्क मधुमेह जाँच गरी सेवा प्रदान गरेको हो ।



हस्पिटलले सोमबार बिहान १० बजेदेखि २ बजेसम्म र मंगलबार विहान ७ बजे देखि १० बजेसम्म निःशुल्क मधुमेह परीक्षण गरिने अस्पतालका प्रशासन प्रमुख रोजिका प्रधानले जानकारी दिइन् । सोमबार करिब २५० भन्दा बढी मानिसहरुको मधुमेह जाँचका लागि रक्त परीक्षण गरिएकको अस्पतालले जनाएको छ ।

हस्पिटलका मधुमेह रोगका विशेषज्ञ डा. मधु पाण्डेले मधुमेह र डायबिटिजको उपचार नेपालमा पनि सहज भइसकेको बताउँदै समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने गम्भीर समस्याहरूबाट प्रताडित हुनु नपर्ने बताए ।

सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र संघले पनि आधिकारिकता दिएकोे हो । सन् १९२२ मा सर बान्टिङ र चाल्र्स बेस्टले पहिलो पटक संयुक्त रूपमा मधुमेह उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका थिए ।

 

सम्बन्धित समाचार