मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले दुई दिन बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान गृह मन्त्रालयले एक सूचना जारी गर्दै आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

त्यस्तै मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म बन्द हुने सूचनामा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने जानकारी दिए ।



यसअघि निर्वाचन आयोगले केही दिनअघि मन्त्रिपरिषद्समक्ष तीन दिन बिदा दिन सिफारिस गरेको थियो ।

सूचना :

सूचना

सम्बन्धित समाचार