नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कार्तिक ।
नेपालमा आज (मंगलबार) सुनको मूल्य १००० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० रहेकोमा सोमबार रु ९७ हजार २०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० रहेकामा सोमबार प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि सोमबारको मूल्य भन्दा ३० रुपैयाँ बढ्दै एक हजार ३२५ मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।