अञ्जनको गोलमा नेपाल विजयी

पाकिस्तानविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली नेपाल विजयी भएको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जित दिलाउन अञ्जन विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ८२ औं सुनिल बलको लामो पासमा अञ्जनले गोल गर्दै गरेलु टोलीलाई अग्रता दिलाएका हुन् । त्यसपछि थापा समयमा दुवै टोलीबाट गोल भएन र दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाल विजयी भयो ।



नेपालको लागि अञ्जनको लागी यो ११ औं अन्तराष्ट्रिय गोल हो । उनी सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् । अञ्जन खेलको प्लेयर अफ द म्याच समेत चुनिए । पाकिस्तान फिफाको प्रतिबन्धपछि करिब ३ वर्षपछि पहिलो पटक मैदानमा उत्रिएको हो । यस्तै पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल समेत हो ।

नेपालले सन् १९८४ बाट आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुद दशरथ रंगशालामा खेलिएको पहिलो आधिकारिक खेल थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४-० ले हराएको थियो । त्यस्तै नेपालले पाकिस्तानविरुद्ध पाँचौ जित निकाल्न सफल भएको छ । नेपालले पाकिस्तानलाई १४ वर्षपछि हराएको हो । नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो ।

 

 

सम्बन्धित समाचार