सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (बिहीबार) सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार रहेकोमा बुधबार रु ९८ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बुधबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजार २८५ मा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २९५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार