नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।

काठमाडौं महानगरपालिका-४ चप्पल कारखानामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । शुक्रबार राति ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–७ घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४५ वर्षीय कुमार राई र मोटरसाइकलमा सवार उनकी श्रीमती ३८ वर्षीय मेनुका राई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा लागिएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

