रौतहटको गुजारा र गरुडा नगरपालिकामा गोली चल्यो

रौतहटको गुजरा नगरपालिका र गरुडामा गोली चलेको छ । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो ।

मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । गोली चलेका दुवै स्थानमा तत्कालको लागि मतदान स्थगित गरिएको प्रहरीले जानकारी दिएको छ ।



गुजराको कनकपुर मावि मतदान केन्द्रमा एक राउण्ड र गरुडाको प्रावि भवन अमरपट्टि मतदान केन्द्रमा दुई राउन्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

 

 

सम्बन्धित समाचार