बैतडी र तनहुँमा ११३ वर्षीया महिलाले मतदान गरे

बैतडी र तनहुँमा समान ११३-१३३ वर्षका महिलाले मतदान गरेका छन् । बैतडी पाटन नगरपालिका ४ की ११३ वर्षीया मानमती देवि भट्टले पाटन -४ को उदयदेव आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट र तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचास्थित महादेवता प्रावि मतदान केन्द्रबाट गोपीमाया पोखरेलले मतदान गरेका हुन् ।

अब आउने नयाँ चुनिने प्रतिनिधि र नयाँ बन्ने सरकारले समाज विकासको योजनालाई प्राथमिकतामा राख्नुपर्ने भट्टले बताइन् । ‘मैले देशको अवस्था र व्यवस्थाका लागि भएका घटनाक्रम नजिकैबाट देखेकी छु, अब देशमा स्थायित्व होस, गरिवका दिन पनि आउन भन्ने चाहेकी छु,’ उनले भनिन् ।



जनताको दुःख बुझ्न सक्ने नेतृत्व चुनियोस् भन्ने भट्टको चाहना छ ।

 

 

सम्बन्धित समाचार