सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (सोमबार) सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकोमा शुक्रबार रु ९८ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार रहेकामा शुक्रबार प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार २६५ मा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार