सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

नेपालमा आज (मंगलबार) सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० रहेकोमा सोमबार रु ९७ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० रहेकामा सोमबार प्रतितोला रु ९७ हजारमा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य भने सोमबारको मूल्य भन्दा १५ रुपैयाँ बढ्दै एक हजार २८० मा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २६५ मा कारोबार भएको थियो ।



महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

सम्बन्धित समाचार