मृत अवस्थामा ४ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-२१ कृष्तीस्थित इनारे जंगलको खोल्सामा स्याङजा फेदिखोला गाउँपालिका-१ मटिखाना बस्ने ७० वर्षीय राम बहादुर बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै रूपन्देही, तिलोत्तमा नगरपालिका-१० शान्ती नगर बस्ने ३५ वर्षीया रेखा चौधरीघर नजिक खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यता संखुवासभा, मकालु गाउँपालिका-३ उवास्थित खोल्सीमा पाँचथर फिदिम नगरपालिका-५ चोक्माबु घर भई संखुवासभा मकालु गाउँपालिका-३ उवास्थित निर्माणाधिन स्वामी नारायण कन्स्ट्रक्सनमा खाना पकाउने काम गर्ने २३ वर्षीय जिवन तुम्वापो बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं महानगरपालिका-२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका संगमचोक घर भई हाल सोही भवनको पहिलो तलाको कोठामा बस्ने ४५ वर्षीय गोबिन्द परियार आफु सुत्ने कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार