बीवाइडीले बनायो ३० लाख ‘न्यु इनर्जी भेहिकल’, विशेष युनिट फुटबल खेलाडीलाई

गत हप्ता बीवाइडी (वियुल्ड योर ड्रीम) कम्पनीले न्यु इनर्जी भेहिकल उत्पादन ३० लाख युनिट पुरा गरेको छ । चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले आफ्नो हेडक्वाटर सान्जेन चाइनामा ३० लाख युनिट रोलआउट गरेको खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

बीवाइडीले न्यु इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख युनिट एउटा संकेत मात्र नभएर विश्वकै लागि ठूलो उपलब्धि भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख युनिट उत्पादन र विक्री ६ महिनामा पुरा गरेको हो ।



कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । यसलाई न्यु इनर्जी भेहिकल उत्पादनको क्षेत्रमा निकै चाखपूर्ण तरिकाले हेरिदै आएको छ । यो उत्पादन र विक्री आंकडाबाट न्यु इनर्जी भेहिकल इन्डष्ट्रीको बढोत्तरी कसरी भएको छ र ग्लोबल ग्रिन मोविलिटीमा कस्तो सहयोग पुगेको छ भन्ने प्रस्ट देखाएको छ ।

३० लाख युनिटक कार उत्पादन र विक्री भएको खुसीयाली मनाउने क्रममा बीवाइडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चुवानफुले आफ्ना सम्पूर्ण ग्राहक, मिडियाकर्मी, उद्योगका पार्टनर, लगानीकर्ता, विक्रेता डिलर र कम्पनीका कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए । उक्त अवसरमा चेयरम्यानले एसियन फुटबल कन्फिडरेसनबाट सन् २०१८ को एसियन महिला फुटबल अफ दी एयरबाट सम्मान भएकी वाङ सुवाङलाई आफ्नो ३० लाख उत्पादन हस्तान्तरण गरेका थिए ।

बीवाइडीले आफ्नो ग्लोबल स्ट्राटेजी अनुसार भविष्यमा ग्लोबल अटोमोवाइल बजारमा प्यासेन्जर भेहिकलको विकास र विस्तारमा अझै तिब्रगतीमा अगाडि बढ्ने जनाएको छ ।

अहिले बीवाइडीले आफ्नो उपलब्धता ६ वटै महादेशको७० देशका ४०० भन्दा बढी सहरहरुमा पुर्याएको छ । बीवाइडीको ३०औं लाख उत्पादन एक माइलस्टोन मात्र नभई विश्व ग्रीन माविलिटीमा कसरी उत्साहका साथ अगाडि बढिरहेको छ भन्ने प्रमाण पनि हो । भविष्यमा बिवाइडीले आफ्नो पार्टनहरुसँगको सहकार्यमा हाइक्वालिटी प्रोडक्टको विकास गर्ने जनाएको छ । बीवाइडीले ग्रीन मोविलीटीको विकासले हाम्रो पृथ्वीलाई हरित विश्वमा परिणत गर्न सघाउ पुर्याउनेमा विश्वास लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार