वेस्टर्न युनियनद्वारा दस तोला सुन विजेताको नाम सार्वजनिक

वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दशैँ लक्षित सुनपती अभियानको भाग्यशाली विजेताको नाम घोषणा गरेका छन् । बम्पर लक्की ड्रमार्फत छानिएकी विजेता रेविका सुनुवारले १० तोला सुन जितेकी विज्ञप्तिमा उल्लेख छ ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको जनाइएको छ ।



नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दस तोला सुनपती दस हप्तासम्म उपहार कति कति’ अभियान शुरु गरेको थियो । दस तोला सुनबाहेक भाग्यशाली विजेताहरुले दस हप्तासम्म प्रत्येक हप्ता लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्ड र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरिसकेका पनि विज्ञप्तिमा उल्लेख छ ।

वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरुबाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ ।

 

 

सम्बन्धित समाचार